प्रथम बार्षिक साधारणा सभा सम्पन्न ।

लखन बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. काे प्रथम बार्षिक साधारण सभा मिती २०७८ पाैष १ गते तनहूँकाे व्यास नगरपालिका वडा नं. १० कुमलटारीमा सम्पन्न भएकाेछ । ६८ जना शेयर सदस्य रहेकाे साे संस्था मिती २०७७ पाैष १ गते स्थानीय निकाय अन्तर्गत व्यास नगरपालिका कार्यालयमा दर्ता भएकाे  थियाे । 

संस्थाका अध्यक्ष श्री दलबहादुर थापा (तारामी) काे सभापतित्वमा संचालन भएकाे बार्षिक साधारण सभामा व्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्याैपानेकाे प्रमुख आतिथ्यतामा  व्यास नगरपालिका १० नं. वडाका वडा अध्यक्ष श्री तुलसिराम सापकाेटाकाे विशेष आथित्यता रहेकाे थियाे । 

स्थानीय  विभिन्न सहकारीहरू दुम्सी दुग्ध सहकारी, खहरे कृषि सहकारी, नमूना कृषि सहकारी, कल्याणकारी बचत तथा ऋण सहकारी तथा अन्य संघसंस्थाका प्रमुखहरू तथा प्रतिनिधीहरूकाे उपस्थितीमा व्यास नगरपालिका वडा नं. १० का महिला प्रतिनिधी श्री लक्ष्मी परियार, कृषि ज्ञान केन्द्र तनहुँका प्राविधिक प्रशिक्षक श्री लक्ष्मी घिमिरे लगायत उल्लेख्य संख्यामा स्थानीय जनसहभागिता रहेकाे थियाे ।

संस्थाका कार्यकारिणी सदस्य श्री गिता थापाज्यूकाे स्वागत मन्तव्यबाट सुरूवात गरिएकाे कार्यक्रममा, प्रमुख अतिथी श्री बैकुण्ठ न्याैपानेज्यूले कार्यक्रमकाे व्यानर पढेर उद्घाटन गर्नुभएकाे थियाे । संस्थाका शेयर सदस्य श्री राजेन्द्र थापा मगरले संस्था स्थापनाकाे अौचित्य    र आवस्यक्ताकाे  विषयमा धारणा राख्दै भविष्यमा संस्थाकाे मार्गचित्र प्रकाश पार्नु भएकाे थियाे भने विभिन्न संघसंस्थाका प्रतिनिधीहरूले संस्थाकाे सफलताकाेलागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे । संस्थाकाे बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव श्री बरूण कुमारी थापाले पेश गर्नुभएकाे थियाे भने आर्थिक प्रतिवेदन काेषाध्यक्ष श्री नुरबहादुर थापाले पेश गर्नुभएकाे थियाे ।

संस्थाकाे बार्षिकाेत्सवकाे उपलक्ष्यमा प्रकाशित लखन स्मारीका प्रमुख अतिथीबाट विमाेचन गर्दै स्थापनाकाे यति छाेटाे समयमा पनि स्मारिका प्रकाशन गरी काेषकाे लेखा परिक्षण प्रतिवेदन समेत समेट्नु र कृषि ज्ञान केन्द्रकाे प्राविधिक सहयाेगमा कृषि कार्यक्रम गरेर नर्सरी र तरकारी खेती गरी उर्भरा देखाउनु भएकाेमा हुने विरूवाकाे चिल्लाे पात भनी प्रशंसा गर्नु भयाे । भविष्यमा यहाँ उत्पादन भएका कृषिका उपजहरू संकलन केन्द्रमा संकलन गरी कृषि एम्बुलेन्सबाट दमाैलीमा पुर्याउन सहजिकरण गर्ने प्रतिवद्धता समेत जनाउनु भयाे । त्यस्तै वडा अध्यक्ष श्री तुलसिराम सापकाेटाज्यूले अाफ्नाे वडामा स्थापित यस सहकारीकाे प्रगति हेर्दा विहानीले त्यस दिनकाे विम्वित गर्ने जस्तै छाेटाे समयमा पनि यति व्यवस्थित र क्रियाशिल संस्था स्थापना गरी अगाडि बढेकाेमा गाैरवान्वित भएकाे जानकारी दिदै वडामा संचालन गरिएका विविध गतिविधीहरूकाे चर्चा गर्नुभएकाे थियाे । सहकारीले उत्पादन गरेकाे स्थलमा सिंचाइकाे समस्यालाइ मध्यनजर गर्दै तत्काल वडाले  सिफारिस गरी पानी तान्ने पम्प र पायपकाे व्यवस्था गरिदिने प्रतिवद्धता जनाउदै यसलाइ अन्य समुदायलाइ समेत समावेस गरी व्यापक गराउन समेत अनुराेध गर्नुभयाे ।

शिव मा. वि. का शिक्षक श्री गाेपाल थापाले जैविक खाद्यानकाे महत्वकाे विषयमा धारणा राख्नु भएकाे थियाे भने, वडाका प्रतिनिधी श्री लक्ष्मी परियारले यस संस्थाकाे बारेमा पहिलाे पटक सुनेकाे र यति राम्राे व्यवस्थित संस्था देख्न पाएकाेमा खुशि लागेकाे जानकारी गराउनु भएकाे थियाे त्यस्तै कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक श्री लक्ष्मी घिमिरेले यस संस्थासंग जाेडिएर कृषि सम्वन्धि ज्ञान दिन पाउदा खुशी लागेकाे र भविष्यमा पनि जाेडिएर काम गर्न पाउने अपेक्षा राख्नु भएकाे थियाे ।

संस्थाले संस्थापक अध्यक्ष श्री धनबहादुर पुनज्यूलाइ  सम्मान गरेकाे थियाे । संस्थाले प्रमुख अतिथी तथा विशिष्ठ अतिथीकाे हातबाट आफुलाई सम्मान गरेकाेमा संस्थापक अध्यक्ष श्री पुनज्यू खुशी व्यक्त गर्दै संस्थाकाे हर कार्य र गतिविधीहरूमा थप क्रियाशिल रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे थियाे । अन्त्यमा संस्थाका अध्यक्ष श्री दलबहादुर थापा तारामीले संस्थाका स्थापना देखि साधारण सभा सम्म प्रत्यक्ष तथा अप्रत्यक्ष सहयाेग गर्ने सम्पूर्ण सहयाेगी हातहरू तथा कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिनु भएकाे थियाे भने संस्थाका सचिव श्री बरूण कुमारी रानाले कार्यक्रम संचालन गर्नु भएकाे थियाे । 

र अन्त्यमा सम्पूर्ण सहभागीहरूलाइ खाजा नास्ताकाे प्रवन्ध गरी संस्थाकाे मुखपत्र लखन स्मारीका सहित विदा गरिएकाे थियाे ।

https://www.facebook.com/groups/lakhancooperative



















https://www.facebook.com/groups/lakhancooperative
https://lakhanagri.netlify.app/

Comments