समय बलवान हुन्छ । कुनै पनि काम थालनीकाेलागि उपयुुक्त समय, स्थान र व्यक्तिहरू महत्त्वपूर्ण हुन्छ ।

चीनकाे उहान शहरमा सन् २०१९ काे डिसेम्बर महिनाकाे अन्तिम सातामा संक्रमित काेराेना भाइसर, जनवरी १३, २०२० मा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठनले COVID-19 नामाकरण गरेकाे याे काेराेना भाइरस अाज सम्म विश्वका २१२ देशहरू र २ वटा अन्तरास्ट्रिय पानीजहाजमा गरी कुल ३,७२६,६६८ जना मानिसहरूमा संक्रमण गरेकाे छ भने २५८,३२६ जनाकाे देहावसान भएकाे छ । सामरिक भरिपूर्ण देश अमेरिकमा मात्रै १,२३७,६३३ जनामा संक्रमित भई ७४,८०९ जनाकाे मृत्यु भएकाे छ । पहिलोपटक संक्रमित देश चीनमा ८२,८८३ जनामा संक्रमित हुदा ४,६३३ जनाले देह त्याग गरिसकेका छन् । तीन तिर सिमाना साझेदारी गरेकाे छिमेकी देश भारतमा ४९,४०० जनामा काेराेनाकाे संक्रमण देखिँदा १,६९३ जनाले मृत्युवरण गरिसकेकाे छन् । हाम्राे देशमा हाल सम्म ८२ जना मानिसहरूमा काेराेनाले संक्रमित छन् ।
काेराेनाकाे तिव्र प्रभावलाई दृष्टिगत गरी विश्व स्वास्थ संगठनले मार्च ११, २०२० काे दिन महामारी राेग घाेषणा गरी सामाजिक र भाैतिक दूरी कायम गर्नकाेलागि सुझाएपछि भने विश्व भरी अा-अाफ्नाे देशका सिमानाहरू बन्द गर्ने देखि अन्य सामाजिक तथा अार्थिक गतिविधिहरूमा निषेध गरेकाे अवस्था भयाे LOCK DOWN काे कारण । यस अवस्थामा मानिहरूसंग प्रशस्त समय र समयकाे प्रवाहसंग अघि वढ्नकाेलागि सामाजिक संजाल ।
यहि LOCK DOWN काे अवसरमा विभिन्न स्थानमा रहेका हामीहरू विच सामाजिक संजाल फेसवुककाे म्यासेन्जरमा सामुहिक कुराकानी विच तनहु दमाैलीका समाज अनि समूदायकाे हितकाेलागि केही न केही काम गर्ने सहकारीकाे मार्फत भन्ने अभिप्रायले स्थापित संस्था हाे याे ।
#COVID-19
#COOPERATIVE

https://www.facebook.com/groups/lakhancooperative
https://lakhanagri.netlify.app/

Comments