राजेन्द्र थापामगरबाट नेपाल पशुपंछी औषधी व्यवसायी संघकाे केन्द्रीय काेषाध्यक्ष पदमा उम्मेदवारी घाेषणा

२०८० पाैष २४/२५ पछि नेपाल पशुपंछी औषधी व्यवसायी संघले नयाँ केन्द्रीय नेतृत्व र साथमा २० जनाकाे सारथि चितवनमा पाउँदैछ । उक्त नयाँ केन्द्रीय नेतृत्व चयन गर्न देशभरका लगभग २,२०० भन्दा बढी सदस्यहरूका लगभग ४५० जना प्रतिनिधिहरूकाे महत्त्वपूर्ण भूमिका रहनेछ । आफ्नो संस्थाकाे गरिमा र प्रतिष्ठालाई थप उचाईंमा पुर्याउनकाे लागि तपाईं प्रतिनिधि साथीहरूले प्रस्तुत गर्ने विवेकले नै संस्थाकाे आगामी २ वर्षकाेलागि नेतृत्व र सारथिकाे फैसला हुनेछ ।

संस्था स्थापनाकाे ३३औं वर्ष पार गर्दै गर्दा संस्थाले १२ जना केन्द्रीय नेतृत्व र थुप्रै सारथीहरूकाे ज्ञान, बुद्धि, विवेक र मिहिनेत झल्केकाेछ फलस्वरूप आज देशभरी २२वटा जिल्ला कार्यसमितीहरू र ७ वटा प्रदेश कार्यसमितहरू र तिनका सम्पूर्ण नेतृत्वहरूबाट व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारका आवाजहरू उठिरहेका छन ।
के व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारले मात्र व्यवसाय र व्यवसायीहरू प्रतिको जिम्मेवारी पूरा हुन्छ त ?

केन्द्रीय काेषाध्यक्षका उम्मेदवार थापामगर भन्नुहुन्छ, मेराे विचारमा: अबकाे नेतृत्वले व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकार संग संगै व्यवसाय र व्यवसायी को मान, मर्यादा र प्रतिष्ठाको समेत कुरा उठाउनु आवश्यक छ ।

व्यावसायीक मान, मर्यादा र प्रतिष्ठाकाे विषयलाइ थप प्रष्ट्रयाउदै भन्नुहुन्छ, मान, मर्यादा र प्रतिष्ठा आवाज उठाउने र कसैसँग माग्ने विषय नै हाेइन, याे त स्वयं व्यवसायीहरू आफ्नो व्यवसाय गर्दा अपनाउनु पर्ने ईमानदारीता र कायम राख्नु पर्ने अनुशासन हाे । यदि व्यवसायीहरूले आफ्नाे व्यवसाय संचालन गर्दा आफ्नाे मर्यादामा बसी ईमानदारी र अनुशासित तरिकाबाट संचालन गर्याैं भने मात्र त्याे सम्भव हुन्छ, नत्र एउटाले बिरायाे शाखा पिरायाे भने झै एक जना मर्यादाहिन, गैह्र जिम्मेवार, गैह्र ईमानदार र गैह्र अनुशासित व्यवसायीकाे कारणले गर्दा यस संस्थामा गाेलबन्ध २,२०० भन्दा बढी व्यवसायीहरूले नै त्याे र त्यसकाे कलंककाे बाेझ बाेकिरहनुकाे विकल्प अर्काे छैन ।

त्यसैले यस विषयमा प्रतिनिधि साथीहरूलाइ जिम्मेवारीताका साथ मनन गरेर यस २३औं साधारणसभाबाट संस्थाको विधानमा संशोधन गरी निम्न विषयहरू समेट्न समेत अनुरोध गर्नु भएकाे छ।

१. छुट्टै केन्द्रीय अनुशासन आयाेग बनाउने जस्ले हामी व्यवसायीहरू मध्येबाट, व्यवसायकाे मान, मर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेकाे ठहर भएमा, नसियत, निलम्बन र निस्कासन गर्नकाेलागि केन्द्रीय कार्यसमितिमा सिफारिस गर्ने । (सदस्य व्यवसायीहरूकाे उजुरीकाे आधारमा तर उजुरी कर्ता व्यवसायीकाे गाेपनियता पूर्ण कायम राख्ने) ।

२. देशैभरका व्यवसायी र व्यवसायीका बुबा/आमा/श्रीमान/श्रीमती /छाेरा/छाेरीकाे क्षतिमा व्यवसायी राहतकाेष स्थापना गरी राहत रकम उपलब्ध गराउने जसकाेलागि सम्पूर्ण व्यवसायीले मासिक निश्चित रकम संकलन गर्ने ।

आफ्ना विचारहरू फेसबुक मार्फत प्रेसित गर्दै अबकाे १४औं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय काेषाध्यक्ष पदमा आफ्नाे
उम्मेदवारी घाेषणा गर्नुभएकाेछ । प्रतिनिधि साथीहरूलाइ उक्त पदमा सद्भावका साथ विश्वास र सहयाेग गर्नकाेलागि अनुराेध गर्दै, उक्त पदमा निर्वाचित भएमा भाेलीका दिनमा अग्रजहरूले झै आफुले पनि संस्थाकाे काेषकाे सुरक्षा गर्नुकाे साथै संस्थाकाे काेष थप बृद्धि गर्नकाेलागि थप कार्यक्रमका साथ पुन: व्यवसायीहरू माझ पुग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

Comments