दाेश्राे वार्षिक साधारण सभा सम्पन्न ।

 लखन बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. काे दाेश्राे बार्षिक साधारण सभा मिती २०७९ पाैष १ गते शुक्रबारकाे दिन, तनहूँकाे व्यास नगरपालिका वडा नं. १० कुमलटारीमा सम्पन्न भएकाेछ । ७७ जना शेयर सदस्य रहेकाे साे संस्था मिती २०७७ पाैष १ गते स्थानीय निकाय अन्तर्गत व्यास नगरपालिका कार्यालयमा दर्ता भएकाे  थियाे । 

संस्थाका अध्यक्ष श्री दलबहादुर थापा (तारामी) काे सभापतित्वमा संचालन भएकाे बार्षिक साधारण सभामा व्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्याैपानेकाे प्रमुख आतिथ्यतामा  व्यास नगरपालिका १० नं. वडाका वडा अध्यक्ष श्री खेमराज पाेखरेलकाे विशेष आथित्यता रहेकाे थियाे । 

स्थानीय  विभिन्न सहकारीहरू दुम्सी दुग्ध सहकारी, खहरे कृषि सहकारी, नमूना कृषि सहकारी, कल्याणकारी बचत तथा ऋण सहकारी तथा अन्य संघसंस्थाका प्रमुखहरू तथा प्रतिनिधीहरूकाे उपस्थितीमा व्यास नगरपालिका वडा नं. १० का महिला प्रतिनिधी श्री खिरमाया वि.क., पूर्व वडा अध्यक्ष श्री तुलसीराम सापकाेटा, प्राविधिक प्रशिक्षक श्री लक्ष्मी घिमिरे लगायत उल्लेख्य संख्यामा स्थानीय जनसहभागिता रहेकाे थियाे ।

संस्थाका कार्यकारिणी सदस्य श्री गिता थापाज्यूकाे स्वागत मन्तव्यबाट सुरूवात गरिएकाे कार्यक्रममा सम्पूर्ण सहभागीहरूले राष्ट्रिय गाना गाएका थिए । प्रमुख अतिथी श्री बैकुण्ठ न्याैपानेज्यूले कार्यक्रमकाे व्यानर पढेर उद्घाटन गर्नुभएकाे थियाे  भने संस्थाकाे मुखपत्र लखन स्मारिका समेत विमाेचन गर्नु भएकाे थियाे भने । संस्थाकाे बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव श्री बरूण कुमारी थापाले पेश गर्नुभएकाे थियाे भने आर्थिक प्रतिवेदन काेषाध्यक्ष श्री नुरबहादुर थापाले पेश गर्नुभएकाे थियाे ।

संस्थाकाे बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लखन स्मारिकाकाे बारेमा विश्लेषणात्मक धारणा राख्दै भविष्यमा संस्थाकाे मार्गचित्र संस्थाका शेयर सदस्य तथा लखन स्मारिकाका प्रधान सम्पदक श्री राजेन्द्र थापा मगरले मन्तव्य राख्नु भएकाे थियाे ।

वडा अध्यक्ष श्री खेमराज पाेखरेलज्यूले स्मारिकामा शुभकामना उपलब्ध नगराउनुकाे स्पष्टिकरण दिनु परेकाे थियाे भने, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरूले आ आफ्ना धारणाहरू राख्नु भएकाे थियाे । भने पूर्व वडा अध्यक्षा श्री लसिराम सापकाेटाज्यूले यस सहकारी संस्थाकाे प्रगति हेर्दा विहानीले त्यस दिनकाे विम्वित गर्ने जस्तै छाेटाे समयमा पनि यति व्यवस्थित र क्रियाशिल संस्था स्थापना गरी अगाडि बढेकाेमा गाैरवान्वित भएकाे जानकारी दिदै आफ्नाे लामाे मन्तव्य राख्नु भएकाे थियाे । 

कृषि प्राविधिक श्री लक्ष्मी घिमिरेज्यूलाइ उहाँकाे याेगदानकाे कदर गर्दै प्रमुख अतिथीज्यूले दाेसल्लाद्वारा सम्मान गरिएकाे थियाे भने संस्थाका अध्यक्षज्यूले अविर लगाइदिएर सम्मान प्रकट गरिदिनुभएकाे थियाे । सम्मानित कृषि प्राविधिक श्री लक्ष्मी घिमिरेज्यूले सम्मानित हुँदै यस संस्थासंग जाेडिएर कृषि सम्वन्धि ज्ञान दिन पाउदा खुशी लागेकाे र भविष्यमा पनि जाेडिएर काम गर्न पाउने अपेक्षा राख्नु भएकाे थियाे ।

संस्थाका व्यवस्थापक श्री माया रानाले उपस्थित शेयर सदस्यहरू लगायत अतिथीहरूलाइ आफ्नाे मन्तव्य सहित धन्यवाद दिनुभएकाे थियाे भने अन्त्यमा संस्थाका अध्यक्ष श्री दलबहादुर थापा तारामीले आफ्नाे धारणा सहित सम्पूर्ण सहयाेगी हातहरू तथा कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिनु भएकाे थियाे भने संस्थाका सचिव श्री बरूण कुमारी रानाले कार्यक्रम संचालन गर्नु भएकाे थियाे । 

र अन्त्यमा सम्पूर्ण सहभागीहरूलाइ खाजा नास्ताकाे प्रवन्ध गरी संस्थाकाे मुखपत्र लखन स्मारीका सहित विदा गरिएकाे थियाे ।














Comments