राजेन्द्र थापामगरबाट नेपाल पशुपंछी औषधी व्यवसायी संघकाे केन्द्रीय काेषाध्यक्ष पदमा उम्मेदवारी घाेषणा
२०८० पाैष २४/२५ पछि नेपाल पशुपंछी औषधी व्यवसायी संघले नयाँ केन्द्रीय नेतृत्व र साथमा २० जनाकाे सारथि चितवनमा पाउँदैछ । उक्त नयाँ केन्द्रीय नेतृत्व चयन गर्न देशभरका लगभग २,२०० भन्दा बढी सदस्यहरूका लगभग ४५० जना प्रतिनिधिहरूकाे महत्त्वपूर्ण भूमिका रहनेछ । आफ्नो संस्थाकाे गरिमा र प्रतिष्ठालाई थप उचाईंमा पुर् याउनकाे लागि तपाईं प्रतिनिधि साथीहरूले प्रस्तुत गर्ने विवेकले नै संस्थाकाे आगामी २ वर्षकाेलागि नेतृत्व र सारथिकाे फैसला हुनेछ । संस्था स्थापनाकाे ३३औं वर्ष पार गर्दै गर्दा संस्थाले १२ जना केन्द्रीय नेतृत्व र थुप्रै सारथीहरूकाे ज्ञान, बुद्धि, विवेक र मिहिनेत झल्केकाेछ फलस्वरूप आज देशभरी २२वटा जिल्ला कार्यसमितीहरू र ७ वटा प्रदेश कार्यसमितहरू र तिनका सम्पूर्ण नेतृत्वहरूबाट व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारका आवाजहरू उठिरहेका छन । के व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारले मात्र व्यवसाय र व्यवसायीहरू प्रतिको जिम्मेवारी पूरा हुन्छ त ? केन्द्रीय काेषाध्यक्षका उम्मेदवार थापामगर भन्नुहुन्छ, मेराे विचारमा: अबकाे नेतृत्वले व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकार संग संगै व्यवसाय र ...