प्रथम बार्षिक साधारणा सभा सम्पन्न ।
लखन बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. काे प्रथम बार्षिक साधारण सभा मिती २०७८ पाैष १ गते तनहूँकाे व्यास नगरपालिका वडा नं. १० कुमलटारीमा सम्पन्न भएकाेछ । ६८ जना शेयर सदस्य रहेकाे साे संस्था मिती २०७७ पाैष १ गते स्थानीय निकाय अन्तर्गत व्यास नगरपालिका कार्यालयमा दर्ता भएकाे थियाे । संस्थाका अध्यक्ष श्री दलबहादुर थापा (तारामी) काे सभापतित्वमा संचालन भएकाे बार्षिक साधारण सभामा व्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्याैपानेकाे प्रमुख आतिथ्यतामा व्यास नगरपालिका १० नं. वडाका वडा अध्यक्ष श्री तुलसिराम सापकाेटाकाे विशेष आथित्यता रहेकाे थियाे । स्थानीय विभिन्न सहकारीहरू दुम्सी दुग्ध सहकारी, खहरे कृषि सहकारी, नमूना कृषि सहकारी, कल्याणकारी बचत तथा ऋण सहकारी तथा अन्य संघसंस्थाका प्रमुखहरू तथा प्रतिनिधीहरूकाे उपस्थितीमा व्यास नगरपालिका वडा नं. १० का महिला प्रतिनिधी श्री लक्ष्मी परियार, कृषि ज्ञान केन्द्र तनहुँका प्राविधिक प्रशिक्षक श्री लक्ष्मी घिमिरे लगायत उल्लेख्य संख्यामा स्थानीय जनसहभागिता रहेकाे थियाे । संस्थाका कार्यकारिणी सदस्य श्री गिता थापाज्यूकाे स्वागत ...