Posts

Showing posts from September, 2020
समय बलवान हुन्छ । कुनै पनि काम थालनीकाेलागि उपयुुक्त समय, स्थान र व्यक्तिहरू महत्त्वपूर्ण हुन्छ । चीनकाे उहान शहरमा सन् २०१९ काे डिसेम्बर महिनाकाे अन्तिम सातामा संक्रमित काेराेना भाइसर, जनवरी १३, २०२० मा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठनले COVID-19 नामाकरण गरेकाे याे काेराेना भाइरस अाज सम्म विश्वका २१२ देशहरू र २ वटा अन्तरास्ट्रिय पानीजहाजमा गरी कुल ३,७२६,६६८ जना मानिसहरूमा संक्रमण गरेकाे छ भने २५८,३२६ जनाकाे देहावसान भएकाे छ । सामरिक भरिपूर्ण देश अमेरिकमा मात्रै १,२३७,६३३ जनामा संक्रमित भई ७४,८०९ जनाकाे मृत्यु भएकाे छ । पहिलोपटक संक्रमित देश चीनमा ८२,८८३ जनामा संक्रमित हुदा ४,६३३ जनाले देह त्याग गरिसकेका छन् । तीन तिर सिमाना साझेदारी गरेकाे छिमेकी देश भारतमा ४९,४०० जनामा काेराेनाकाे संक्रमण देखिँदा १,६९३ जनाले मृत्युवरण गरिसकेकाे छन् । हाम्राे देशमा हाल सम्म ८२ जना मानिसहरूमा काेराेनाले संक्रमित छन् । काेराेनाकाे तिव्र प्रभावलाई दृष्टिगत गरी विश्व स्वास्थ संगठनले मार्च ११, २०२० काे दिन महामारी राेग घाेषणा गरी सामाजिक र भाैतिक दूरी कायम गर्नकाेलागि सुझाएपछि भने विश्व भरी अा-अाफ...